२१. महिला उद्यमीहरूका लागि विशेष व्यवस्था
महिलाहरू अझ बढी उद्योग व्यवसायमा संलग्न भई बढी से बढी रोजगारको अवसर प्रदान गर्न उद्योग व्यवसायको क्षेत्रमा अगाडि बढुन् भन्ने उद्देश्यले महिलाको आर्थिक सशक्तिकरणका लागि समावेशी अवधारणा अनुरूप निम्न बमोजिम विशेष व्यवस्था गरिनेछ ः
२१.१ कुनै पनि उद्योग÷व्यवसाय सम्बन्धी नीति निर्माण गर्ने तहमा सम्बन्धित औद्योगिक व्यवसायमा संलग्न आदिवासी, जनजाती, दलित, मधेशी, वर्गका महिलाहरूको प्रतिनिधित्व अनिवार्य गरिनेछ ।
२१.२ घरेलु तथा साना स्तरका महिला उद्यमीहरूलाई सरल तथा सुलभ तरिकाबाट ऋण प्रवाह गर्न विभिन्न वैंकिङ्ग तथा सहकारी संस्थाहरूमा समुह ऋणको व्यवस्था गरिनेछ ।
२१.३ उद्योग स्थापना गर्दा दिइने ख्भलतगचभ Venture Capital महिलाहरूलाई प्राथमिकता दिइनेछ ।
२१.४ महिलाको नाममा मात्र उद्योग दर्ता गरिएमा त्यस्तो उद्योग दर्ता गर्दा लाग्ने दर्ता दस्तूरमा ३५ प्रतिशत छुट दिईनेछ ।
२१.५ महिला उद्यमीहरूले औद्योगिक क्षेत्रमा उद्योग राख्न चाहेमा विशेष प्राथमिकता दिइने छ ।
२१.६ महिला उद्यमशिलता विकास गरी महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्न प्रविधि विकाससम्वन्धी तालीम, सभा, सेमिनार, अध्ययन भ्रमण दलमा महिला उद्यमीहरूलाई समावेश गरिनेछ ।
२१.७ विभिन्न विकास क्षेत्रहरूमा स्थापना हुने विक्री कक्षहरूमा महिला उद्यमीहरूद्धारा उत्पादित सामानहरूको विक्री कक्षको समेत व्यवस्था गरिनेछ ।
२१.८ सरकारी निकायद्धारा संचालन गरिने उद्योग व्यवसायसम्बन्धी प्रदर्शनीमा महिला उद्यमी÷व्यवसायीहरूलाई अनिवार्यरूपमा संलग्न गराइनेछ ।
२१.९ आफ्नो औद्योगिक उत्पादन निर्यात गर्ने महिला उद्यमी÷व्यवसायीहरूलाई व्यवसायको वित्तीय स्थितिको आधारमा निर्यात कर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
२१.१० महिलाको नाममा मात्र दर्ता भएको उद्योगलाई औद्योगिक सम्पत्ति पेटेण्ट, डिजाईन र टे«डमार्क दर्ता गराउँदा लाग्ने दस्तूरमा २० प्रतिशत छुट दिईनेछ ।
२१.११ महिला उद्यमशीलता विकासका लागि छुट्टै महिला उद्यमशीलता विकास कोष खडा गरिनेछ ।
२१.१२ महिला उद्यमीको विकासको लागि उद्योग मन्त्रालयमा छुट्टै बिषयगत एकाइ Unit गरिनेछ ।
२१.१३ सबै उद्योग व्यवसायले महिला उद्यमी, महिला कामदार र महिला सेवाग्राहीको अधिकार संरक्षणका लागि कार्यस्थलमा लैंगिकतामा आधारित सबै प्कारका हिंसाजन्य कार्य र व्यवहारको रोकथाम र नियन्त्रणका लागि निर्देशिका बनाई लागू गर्न अनिवार्य व्यवस्था गरिनेछ ।
२१.१४ उद्योग प्रवद्र्धनसम्बन्धी योजना, कार्यक्रम तथा बजेटको कार्यान्वयनलाई लैंगि मैत्री तुल्याई लैंगिक समानताको प्रत्याभूति सुनिश्चित गर्न सम्बन्धित नीति तथा कार्यक्रमकौ लैंगिक विश्लेषण र लेखाजोखा (Gender Analysis and Assessment) , लैंगिक परीक्षण ( Gender Audit) तथा लैंगिक बजेट ( Gender Budget) पद्धति कार्यान्वयनमा ल्याइनेछ ।